हुम्लामा हिमपात, हवाई उडान अवरुद्ध
नुवाकोट । हिमाली जिल्ला हुम्लामा लामो समयपछि सोमबारदेखि निरन्तर हिमपात भएको छ ।
विगतका वर्षमा भारी हिमपात हुने हुम्लामा यो वर्ष कमै मात्र हिमपात भएको छ । आइतबार बिहानबाट जिल्लामा बाक्लो बादल लागेसँगै सोमबार बिहान ७ बजेदेखि निरन्तर हिमपात भए पनि हिउँ जम्न नपाउँदै पग्लँदै गएको छ ।
उत्तरी नाम्खा गाउँपालिकासहित सिमकोट गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा बिहानैदेखिको हिमपातले हिमाल सेताम्ये देखिएका छन् भने जिल्लाको तल्लो होचो क्षेत्रमा पानी परिरहेको यहाँका स्थानीयवासीले बताएका छन् ।
जिल्लाको माथिल्लो भेगमा हिमपात भए पनि तल्लो भेगमा पानी परिहेको स्थानीयवासी शंकर रावलले जानकारी दिए । पुस, माघमा सोचेजस्तो हिमपात नभए पनि फागुनको अन्तिम समयमा आएर हिमपात हुँदा चिसो निकै बढेको रावलले बताए ।
बिहानैदेखि हिमपात हुँदा जिल्ला सदरमुकाम सिमकोटको जनजीवन चिसोले कष्टकर बनेको छ । फागुनमा हिमपात हुँदा तापक्रम माइनसमा झरेर चिसो अत्यधिक बढेपछि यहाँका स्थानीयवासी बाक्लो कपडा लगाउनुका साथै न्यानो भएर बसेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














एकल पहलमा त्रिशूलीमाथि झोलुंगे पुल
रेडक्रस र बिदुर नगरपालिका बिच बाढीपीडितको पुनस्र्थापनाका लागि साझेदारी सम्झौता
आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै
जुवा खेल्दै गरेका ७ जना साढे ५ लाखसहित पक्राउ
तारकेश्वरमा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ कार्यक्रम सुरु: बृद्धभत्तासँगै थपिएको प्रोत्साहन भत्ताको पहिलो किस्ता वितरण





प्रतिक्रिया