तेह्र विद्यार्थीहरुलाई छात्रवृति प्रदान
नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ५ कल्लेरीडाँडामा रहेको असहाय ,जेहेन्दार तथा जनाजतिको लागि शिक्षा नामक संस्थाले १७ औ बार्षिकउत्सवको अवसर पारेर जिल्लाको विभिन्न विद्यालयमा अध्ययन गर्ने १३ जना छात्र तथा छात्राहरुलाई छात्रवृति प्रदान गरेको छ ।
असहाय ,जेहेन्दार तथा जनाजतिको लागि शिक्षा संस्थाले बट्टारमा आयोजित एक कार्यक्रममा जिल्लाको विभिन्न सरकारी विद्यालयमा अध्ययनरत जेहेनदार तथा असहाय १३ जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको असहाय ,जेहेन्दार तथा जनाजतिको लागि शिक्षा संस्थाका कोषाध्यक्ष राममणि अधिकारीले जानकारी दिए । अधिकारीले संस्था स्थापनादेखिनै असहाय तथा जेहेनदारर विद्यार्थीहरुलाई सहयोग गर्दे आइरहेको भन्दै आगामी दिनमा तारकेश्वर गाउँपालिकाभित्र रहेका जेष्ठ नागरिकहरुलाई पनि न्यानो कपडा वितरण गरिने बताए ।
कार्यक्रममा तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले असहाय ,जेहेन्दार तथा जनाजतिको लागि शिक्ष नामक संस्थाले गाउँगाउँमा शिक्षाको पहँचमा नरहेका जेहेनदार र असहाय विद्यार्थीहरुलाई शिक्षाको क्षेत्रमा अग्रसर गराएको भन्दै प्रशंसा व्यक्त गरे । उनले सबै एकजुट भएर अगाडी बढेमा शैक्षिक क्षेत्रमा लोभलाग्दो प्रगति हासिल गर्न सकिने बताए ।
यस्तै शंखादेवि माविका प्रध्यानाअध्यापक गोरख वहादुर तामाङले असहाय ,जेहेन्दार तथा जनाजतिको लागि शिक्षा संस्थाले तारकेश्वर गाउँपालिकाको शिक्षा र भौतिक विकासमा ठुलो योदान रहेको बताए ।
वार्षिकउत्सवको अवसर पारेर संस्थाले त्रिशुली अस्पतालमा रहेका विरामी र देबिघाटमा रहेको जेष्ठ नागरिक प्रतिष्ठानमा रहेका वृद्धवृद्धाहरुलाई फलफुल वितरण गरेको असहाय ,जेहेन्दार तथा जनाजतिको लागि शिक्षा सस्थाका अध्यक्ष बावुराम शर्मा अधिकारी जानकारी दिए ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष तारादेवि रिमाल, वडा नम्बर ५ का वडाध्यक्ष चुडामणि गजुरेल लगायतले गाउँपालिकामा उपाध्यक्षसँग जेहेनदार कार्यक्रम रहेकोले आगमी दिनमा सहकार्य गरेर अगाडी बढ्ने बताए ।
नुवाकोटमा असहाय ,जेहेन्दार तथा जनाजतिको लागि शिक्षा नामक सस्थाले बिगत ४ वर्षदेखि टुहुरा तथा अनाथ बालबालिका तथा जेष्ठ नागरिकहरुलाई सहयोग गर्दै आइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको बजेट खर्च निराशाजनक
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा
प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक काफ्ले
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ





प्रतिक्रिया