नुवाकोट शीत भण्डारले किसान ठगेको आरोप
नुवाकाेटमा प्रधानमन्त्री कृषि आधुनिकरण परियाेजना अन्तर्गतका आलु जाेन कृषकहरुले शीत भण्डारले किसान ठगि गरेकाे आरोप लगाउँदै प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।
प्रदेश सांसद बद्रि मैनाली अध्यक्ष रहेकाे नुवाकाेट शीतभण्डार प्रालिले प्रदेश सरकारकाे ११ कराेड २५ लाख रुपैयाँ बराबर ५५ प्रतिशतको अनुदानमा बनाएकाे शीतभण्डारले निर्माण सम्झैतामा भएकाे अनुदान कृषकलाई नदिएर राज्यकाेषकाे चरम दुरुपयाेग गरिएकाे भन्दै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना जाेन ईकाई सञ्चालक समितिका अध्यक्ष विवेक ढकाल र सचिव विनाेदराज ढकालले संयुक्त हस्ताक्षर गरिएकाे उजुरी पत्रमा सत्य तथ्य छानविन गरि कारवाहिकाे माग गरेका छन्।
उजुरी पत्रमा भनिएको छ “भण्डारले किसानलाई दिनुपर्ने अनुदान सुविधाको जानकारी गराउन सार्वजनिक रुपमा सबैले देख्ने स्थानमा सूचना पाटी नराखेको” भनेको छ । त्यस्तै, “नुवाकोट शित भण्डार प्रालिको कार्यालयभित्र राखेको शुल्क विवरणमा प्रति बोरा ६० केजी को रु ३१५ उल्लेख गरेको भएपनि किसनसँग रु ३५० असुल गर्दै आएको” उल्लेख छ ।
कृषककाे माग सम्बाेधन नभए शीतभण्डार किसानले कब्जा गर्ने चेतावनी दिदै राज्यशक्तिकाे आडमा किसानलाई दुःख नदिन पनि आग्रह गरेकाे छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












तारकेश्वरको आमा समूहलाई ४ लाख ५० हजार सहयोग
प्रतिनिधि सभाको पहिलो बैठक अर्जुननरसिंहले चलाउने
आजको मौसम : बागमतीमा चट्याङसहित वर्षा हुने
आज पनि हावाहुरी चल्ने सम्भावना
शिखर पावरको आईपीओ बाँडफाँट





प्रतिक्रिया