एकिकृत सम्पत्ति करको विरोधमा नेपाली कांग्रेसको प्रर्दशन, ज्ञापनपत्र बुझाउन नगरपालिका जाँदा झडप एकदर्जन घाइते
नुवाकोट÷विदुर नगरपालिकाले गत असार १० गते नगरसभाबाट पारित गरेको एकिकृत सम्पत्ति करको विरोधमा नेपाली कांग्रेस निकट विभिन्न संगठनहरुले आज विदुरमा विरोधसहित प्रर्दशन गरेका छन ।
काग्रेसले विदुरको लोकतान्त्रिक चोकबाट शुरु गरेको र्याली विदुर चोक हुँदै जिल्ला प्रशाशन कार्यलय पुगेर विदुर नगरपालिकातर्फ फर्किएको थियो । विरोध कार्यक्रममा कांग्रेसका कार्यकर्ताहरुले विदुर नगरपालिकाले बढाएको एकिकृत सम्पत्तिको कर खारेज गर, भ्रष्टचारी सरकार मुर्दाबाटजस्ता नारा लगाएका थिए । जुलुसमा बाक्लो सहभागि भएका कांग्रेसका कार्यकर्ता नगरपालिकाको कार्यलय पुग्ने बित्तिकै नगरपालिकाको परिषरमा प्रवेश गर्न प्रहरीले अवरोध गर्दा नगरपालिकामा रस्साकस्सी शुरु भएको थियो । काग्रेस कार्यकर्ताले नगरपालिकाका मेयर सञ्जु पण्डितलाई ज्ञापनपत्र बुझाउन भित्र जान खोज्दा प्रहरी र विदुर नगरपालिकाका नगरप्रहरीले कांग्रेस कार्यकर्तालाई बल प्रयोग गरेर लाठीचार्ज गर्न शुरु गरेपछि नगरपालिका करिव दुईघढटाजस्तो तनावग्रस्त बनेको थियो । प्रहरी र विदुर नगरपालिकाको नगरप्रहरीले संयमित नअपनाई काग्रेसकार्यकर्तामाथि कुटपिट गर्न थालेपछि कांग्रेसका कार्यकर्ताहरुले प्रतिकार गरी मेयरलाई ज्ञापनपत्र दिन पाउनुपर्ने बताएका थिए । प्रहरी र नगरप्रहरीले कांग्रेसका कार्यकर्तालाई छानीछानी निसाना बनाउँन खोज्दा झडपले केहीसमय उग्र रुप लिएको थियो ।

प्रहरी र कांग्रेसका कार्यकर्ताबिच झडप हुँदा तिन प्रहरी र ९ जना कांग्रेसका कार्यकर्ता घाइते भएका छन । घाइते हुनेमा नेपाली कांग्रेसका पुर्व सभापति धुव्र अधिकारी, प्रवत्ता राजु, थापा, सविन गिरी, जगन्नाथ नेपाल, ,सुनिल श्रेष्ठ, रहेको नेपाली कांग्रेस नुवाकोटले जनाएको छ । अन्य घाइते हुनेमा धनसिंह तामाङ, जगत तामाङ, नेत्र ढकाल र निरज चित्रकार रहेका छन । घाइतेहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
आफुहरुको शान्तिपुर्ण प्रर्दशनमा प्रहरी र नगरप्रहरीले दमन गरेको भन्दै नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिशनरसिंह केशीले घोर भत्सना गदै आफ्ना कार्यकर्ताले गरेको शाान्तिपुर्ण प्रर्दशनमा प्रहरीले दमन गरेको र त्यसको आफुहरुले पनि गर्न सक्ने भन्दै सावधान रहन आग्रह गरे । त्यस्तै नेपाली कांग्रेस नुवाकोटका पुर्व सभापति धुव्र अधिकारीले नगरपालिकाले बढाएको करलाई फिर्ता गर्न दबाब दिन आउँदा प्रहरीले आफुमाथि लाठी प्रहार भएको भन्दै घोर भत्सना गरेका छन ।

यसैबिच नेपाली कांग्रेस नुवाकोटले विदुरनगरपालिका आज भएको घटनाको घोर भत्सना गरेको छ । पार्टी कार्यलय विदुरमा पत्रकार सम्मेलनको आयोजना गदै जिल्ला सभापति जगदिशनरसिंह केशीले नगरपालिकाले विकास आयोजना नगरपालिकाले मनलाग्दी ढंगले दिएको भन्दै त्यसको आफुहरुको ध्यानाकर्षण भएको बताउनुभयो ।
त्यस्तै नेपाली कांग्रेस नुवाकोटका पुर्व सभापति धुव्र अधिकारीले नगरपालिकामा जनताको मुद्धाको विषय लिएर जाँदा आफुहरुमाथि आक्रमण गरिएको भन्दै नगरपालिकाको यस्तै रवैया भएमा योभन्दा ठुलो आन्दोलन हुने बताउनुभयो । उहाँले नगरपालिकाले बढाएको एकिकृत सम्पत्तिको कर फिर्ता नलिए नगरपालिकाले धेरै मुल्उ चुकाउनुपर्ने बताउनुभयो ।
विदुर नगरपालिकाले गत असार १० गते नगरसभाबाट पारित गरेको एकिकृत सम्पत्ति करको अहिले नेपाली कांग्रेस मात्र नभई सर्वत्र विरोध भईरहेको छ । तर नगरपालिकाकी उपमेयर गिता दाहालले बुधमार मात्र आर्थिक ऐन सबै जनप्रतिनिधिहरुले मिलेर बनाएको भन्दै कसैको विरोध र दबाबमा फिर्ता नलनिे बताएकी थिइन दाहालले कसैको डर र धम्कीको प्रयासमा नगरपरिषदले पास गरेको आर्थिक विधेयक कुनैपनि हालतमा फिर्ता नहुने बताइन । यसअघि गत आइतबार नेपाली कांग्रेस नुवाकोटले स्थानिय तहले जथाभावि कर वृद्धि गरेको भन्दै एकहप्ताभित्र फिर्ता लिन सबै स्थानिय तहलाई आग्रह गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया