कानुनमन्त्रि शेरबहादुर तामाङको मन्त्रि पद आज चट् हुँदै, आजै राजीनामा आउन सक्ने
नुवाकोट, कानुनमन्त्रि शेरबहादुर तामाङको मन्त्रि पद चट हुने भएको छ । उनलाई नेपाल कम्युनिस्ट पार्टीले राजीनामा दिन निर्देशन दिएको छ । स्रोतले दिएको जानकारी अनुसार उनको राजीनामा आजै दिउँसोसम्म आइसक्ने बताइएको छ ।

तामाङ आजै दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिने मनस्थिति बनाएको स्रोतले जनाएको छ । मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे केहीदिन अघि आपत्तिजनक अभिव्यक्ति दिएका थिए । जसको विरोध अहिले समाजिक संजाललमा भाइरल बनेको छ । उनको अभिव्यत्तिले नेकपाको इज्जतमा समेत धक्का लाग्ने भन्दै नेकपाका शिर्ष नेतृत्वले उनलाई राजीनामा दिन दबबा दिएका हुन ।
तामाङले मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टि्फिकेट पाउन अस्मित बेच्न बाध्य हुनु पर्ने गरेका अभिव्यत्ति दिएपछि उनी आलोचित भएका थिए । यसको अहिले यसको सर्वत्र आलोचना भएको छ । डा. गोविन्द केसीको अनसनलाई लिएर सरकारको आलोचना भइरहेका बेला कानुनमन्त्रीको अभिव्यक्ति पनि थपिएपछि नेकपाका नेताहरुले सोमबार साँझ छलफल गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया