आजदेखि देशभर कोरोनाविरुद्ध खोप अभियान शुरु
नुवाकोट । कोरोनाभाइरस कोभिड—१९ विरुद्धको खोप अभियान बुधबार अर्थात आजबाट देशभर सुभारम्भ हुँदैछ ।
बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिशिल्ड खोपको महाअभियान भर्चुअल माध्यमबाट उद्घाटन गरेपछि देशभर एकैसाथ सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका ६२ अस्पताल र १ सय २० वटा खोपकेन्द्रबाट खोप अभियान सुरु हुँदैछ । काठमाडौं उपत्यकामा कोरोनाविरुद्धको कोभिशिल्ड खोप १७ खोपकेन्द्रबाट दिइदैं छ । कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका औषधि उत्पादक कम्पनीले सयुक्त रुपमा भारतमा सेरम इस्सिच्युटमार्फत उत्पादन गरेको हो ।

भारत सरकारको अनुदान सहयोगमा माघ ८ गते कोभिशिल्डको १० लाख खुराक (डोज) खोप नेपालले प्राप्त गरेको हो । सरकारले अनुुदान सहयोगमा आएको कोभिशिल्ड खोप पहिलो चरणमा ३ प्रतिशत फ्रन्लाइनरलाई दिने योजना बनाएको हो । पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने व्यक्ति तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारमा संलग्न फ्रन्टलाइनर वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेश सीमा नाकामा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपाल संक्रमण फैलिएको १ वर्षपछि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुन आँटेको हो । चीनबाट स्वादेश आएका एक युवकमा संक्रमण गत वर्षको माघ १० गते पुष्टि भएसँगै पहिलो संक्रमितको उपचार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भएको थियो ।
महामरीको सुरुवाती चरणबाटै कोभिड अस्पतालको रुपमा परिचित टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारी र अग्रमोर्चामा खटिएका डा. अनुप बाँस्तोलाले कोभिशिल्ड खोप लगाएर सुभारम्भ गर्ने भएका छन् । बुधबार नै टेकु अस्पतालका अग्रमोर्चामा खटिएकाहरुले खोप लिने निर्देशक डा.राजभण्डारीले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया