रसुवामा ढुंगाले लागेर कामदारको मृत्यु
विदुर खबर
२०७७ पुष २२ गते २०:५१

रसुवा। ढुंगाले लागेर धुन्चे–खोदल सडक खण्डमा काम गरिरहेका एक जनाको मृत्यु भएको छ ।
नौकुण्ड गाउँपालिका–१ यार्साका ४५ वर्षीय धनबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । प्रहरीका अनुसार उक्त सडक खण्डको केबुमा नाली निर्माण गरिरहेका उनको एक्स्काभेटरबाट खसेको ढुंगाले लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।
नाली निर्माण गर्ने स्थानभन्दा करिब ५० मिटरमाथि एक्स्काभेटरले काम गरिरहेको थियो । मृतकका आफन्तले भने निर्माण कम्पनीको लापरबाहीले धनबहादुर तामाङको मृत्यु भएको बताएका छन् ।
धुन्चे–खोदल सडक खण्ड सुधारको जिम्मा वागेश्वरी कन्ट्रक्सनले पाएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–९, का २७ वर्षीय चालक रविन तामाङ एक्स्काभेटरसहित प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया