सूर्यगढी गाउँपालिकाद्धारा संस्थागत विद्यालयलाई स्वास्थ्य सामाग्री वितरण
विदुर खबर
२०७७ पुष १२ गते १६:५७
नुवाकोट । नुवाकोटको सूर्यगढी गाउँपालिकाले गाउँपालिका भित्रका सस्थागत विद्यालयहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
आईतवार बिध्यालयहरुलाई गाउँपालिकाको तर्फबाट कोरोना भाइरस(कोभिड(१९) नियन्त्रण तथा रोकथामको लागि स्वास्थ्य सामग्री तथा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरुको लागि सेनेरीटरी प्याड बितरण गरिएको गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घलेले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष घलेले गाउँपालिका भित्र रहेको सामुदायिक विद्यालय मात्र नभए संस्थागत विद्यालयको पनि शैक्षिकलगायतका विषयमा आफुहरुको जिम्मेवारी भएकोले संस्थागत विद्यालयमा स्वास्थ्य सामाग्री वितरण गरिएको जानकारी दिए ।
यसअघि पनि गाउँपालिकाले पालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयलाई शैक्षिक र स्वास्थ्य सामाग्री विरतण गरेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया