संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको राप्रपाको निष्कर्ष
विदुर खबर
२०७७ पुष ५ गते १९:०२
नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले गरेको संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ ।
आइतबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको कार्य व्यवस्थापन समिति बैठकले यस्तो निष्कर्ष निकालेको हो । अध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद् विघटन गरेर असंवैधानिक र अलोकतान्त्रिक काम गरेको निष्कर्ष निकालिएको बताए ।
राप्रपाले सरकारको यो कदमलाई आगामी संघर्षका कार्यक्रममा मुख्य एजेण्डाका रुपमा लिएर जाने पनि बताए । उनले भने ‘हाम्रो विरोध कार्यक्रमहरु छँदैछन् । त्यसमा पनि मुख्य एजेण्डाका रुपमा लिएर जान्छौं,’ उनले भने, ‘त्यो प्रतिगामी कदम हो । अलोकतान्त्रिक कदम हो र यसले गर्दा यो संविधानलाई असफल बनाउने दिशामा उहाँहरु हिँड्नु भएको छ ।’
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो





प्रतिक्रिया