नुवाकोटमा चिसो बढ्यो
नुवाकोट । नुवाकोटमा केही दिनयता चिसो बढेको छ ।
विहान र साँझ चिसो बढेसँगै जनजिवन प्रभावित बनेको छ । अहिले नुवाकोटसहितका अन्य जिल्लामा धेरैजसो ठाउँमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा भने केही पातलो कुहिरो लागेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम भने २ डिग्री सेल्सियस मापन गरिएको छ ।
हिजो काठमाडौको तापक्रम यसवर्ष जाडो सुरु भएपछिकै कम १ दशमलव ६ डिग्रीमा झरेको थियो । आज अधिकतम तापक्रम भने १६ देखि १८ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । आज दिउँसो प्रदेश नम्बर १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका केही ठाउँमा आंशिक बद्ली रहने सम्भावना छ ।
बाँकी ठाउँको मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, आज राति प्रदेश नम्बर १, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बद्ली हुने अनुमान छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














सिटिजन्स बैंकको नयाँ शाखा बट्टारमा
बागेश्वरी आधारभूत विद्यालयमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण
तारुकाघाटमा झोलुङ्गे पुलको शिलान्यास, ‘फास्ट ट्र्याक’मा निर्माण सम्पन्न गरिने
बाढीले घाइते बनाएका ढुङ्गानाको नाम बेपत्ता सूचीमा
त्रिशुली बाढीको पीडा समेटिएको ‘आँखामा बसेको मान्छे’ सार्वजनिक





प्रतिक्रिया