बागमतीका ९५ प्रतिशत कोरोना संक्रमणमुक्त
नुवाकोट । सातै प्रदेशमध्ये सबैभन्दा बढी कोरोना संक्रमित रहेको बागमती प्रदेशका ९५ प्रतिशत संक्रमणमुक्त भएका छन् ।
देशभर दुई लाख ४८ हजार चार सय २३ जनामा संक्रमण पुष्टि हुँदा आइतबार साँझसम्म बागमतीमा मात्र एक लाख ३६ हजार ४७ जना संक्रमित भइसकेका छन् । यो संख्या देशभरका कुल संक्रमितमध्ये ५४ दशमलव ७६ हो । तीमध्ये ९५ प्रतिशत अर्थात् एक लाख २८ हजार नाै सय ७९ जना संक्रमणमुक्त भइसकेको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।
मन्त्रालयको तथ्यांकअनुसार हाल कुल संक्रमितमध्ये चार दशमलव ५६ अर्थात् ६ हजार दुई सय १४ जना उपचाररत र आठ सय ६४ अर्थात् शून्य दशमलव ४६ प्रतिशतको निधन भएको छ । बागमतीका १३ जिल्लामध्ये काठमाडौंमा संक्रमितको संख्या सबैभन्दा बढी रहेको छ । काठमाडौंमा आइतबार साँझसम्म ९२ हजार नाै सय ४१ म कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी ललितपुरका १४ हजार चार सय ३१, भक्तपुरका आठ हजार चार सय २८, रसुवाका एक सय ९३, नुवाकोटका एक हजार तीन सय ४४, धादिङका एक हजार ६ सय १०, चितवनका सात हजार ३९, सिन्धुलीका पाँच सय ४०, मकवानपुरका चार हजार एक सय ६९, रामेछापका पाँच सय २३, दोलखाका ६ सय ६८, काभ्रेपलाञ्चोकका तीन हजार दुई सय ३१ र सिन्धुपाल्चोकका नाै सय ३० जनामा संक्रमण पुष्टि भएको तथ्यांकमा उल्लेख छ ।
हालसम्म बागमतीका दुईवटा प्रयोगशालाबाट ४९ हजार ६ सय ३८ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तमराज सेढाईंले जानकारी दिए । उनका अनुसार हेटौँडाको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबा ३३ हजार चार सय ८० र धुलिखेलको प्रयोगशालाबाट १६ हजार एक सय ५८ जनाको स्वाब परीक्षण गरिएको छ ।
क्वारेन्टाइन र आइसोलेसनमा बस्ने न्यून
पछिल्लो समय कोरोना संक्रमण पुष्टि भएकाहरू होम आइसोलेसनमा र कन्ट्याक्ट ट्रेसिङमा पर्नेहरू होम क्वारेन्टिनमा बस्नेको संख्या वृद्धि भएसँगै संस्थागत क्वारेन्टिन र आइसोलेसनमा बस्नेको न्यून भएको छ ।
प्रदेशभर सात हजार चार सय ७७ क्वारेन्टिन तयारी अवस्थामा राखिएको छ । हाल संस्थागत क्वारेन्टिनमा दुई सय २२ र होम क्वारेन्टाइनमा ६ सय ९९ जना बसिरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
यसैगरी संस्थागत आइसोलेसन चार हजार सात सय आठ क्षमतामा तयारी अवस्थामा छ । जहाँ हाल दुई हजार ६ सय चारजना बसिरहेका छन् भने तीन हजार ६ सय १० जना होम आइसोलेसनमा बसिरहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया