नेपालमा कोरोना संक्रमणबाट निधन हुने संख्या १६ सय नाघ्यो
विदुर खबर
२०७७ मंसिर २३ गते १७:०८

नुवाकोट । नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १६ सय नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप २० जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १६ सय १४ पुगेको हो।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप एक हजार १४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ४१ हजार नौ सय ९५ पुगेको छ ।
यो अवधिमा १६ सय २८ जना संक्रमित निको भएका छन् । यो संख्यासहित निको हुनेको संख्या दुई लाख २७ हजार चाच सय ३३ पुगेको छ । अहिले संक्रिय संक्रमितको संख्या १२ हजार नौ सय ४८ रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया