हास्य टेलिश्रृङ्खला ‘सक्किगोनी’ फेरि प्रसारण हुँदै
विदुर खबर
२०७७ कार्तिक २६ गते १९:४८
नुवाकोट । चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’ अब हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ ।
लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको यो सिरियल मंसिर २५ गतेबाट भने हिमालय टेलिभिजनबाट प्रसारण गर्ने तयारी गरिएको हो । कोरोनाको कारणले छायाँकन गर्न असम्भव भएपछि केही महिनादेखि प्रसारण हुन सकेको थिएन । कोरोना महामारीका कारण केही महिना रोकिएको श्रृङ्खला पुन: संचालनमा आउन लागेको कार्यक्रमका निर्देशक कुमार कट्टेलले जानकारी दिए ।
आगामी मंसिर २५ गतेदेखि हरेक बिहीबार राति ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुने उनले बताए। हिमालय टेलिभिजनको लगानीमा उत्पादन हुने सक्किगोनी श्रृंखलालाई जेपीटी क्रियसनले निर्माण गर्न लागेको हो । ‘सक्किगोनी’को बजारीकरणका लागि एड प्याड प्रालि समेत अनुबन्धित भएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया