रसुवामा काेराेना संक्रमितकाे संख्या घट्दै
रसुवा । पछिल्लो चरणमा जिल्लामा कोभिड – १९ को संक्रमण घट्दै गएको छ ।
हालसम्म संक्रमित कुल ११४ मध्ये ९२ जना निको भई घर फर्किसकेका छन् । रोगबाट सुरक्षित रहन समयसमयमा स्वास्थ्यकर्मीले दिएको सुझावअनुसार स्थानीय नागरिकले अपनाएको पूर्वसावधानीबाट दशैंँपछि नयाँ बिरामीको संख्यामा शून्यता आएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत किरण श्रेष्ठले जानकारी दिनुभयो ।
हालसम्म एक हजार ५१४ जनाको स्वाब परीक्षण गराउने काम सम्पन्न गराइसकिएको बताइएको छ । साबुनपानीले हातधुने, मुखमा मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने कामलाई निरन्तरता दिइराख्न र स्वास्थ्यमा कुनै लक्षण आउनासाथ नजीकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसंँग तुरून्तै सम्पर्क राख्न रसुवालीसमक्ष आग्रह गरिएको अधिकृत श्रेष्ठले बताउनुभयो ।
यसैबीच प्रा डा गोविन्द केसीले रसुवाको स्वास्थ्य संस्थामा गई स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गर्नुभएको छ । रसुवा अस्पताल धुञ्चेका अनुसार तीन दिनदेखि प्रा डा केसीले विशेष गरी हाडजोर्नीमा समस्या आएका बिरामीको परीक्षण गरिरहनुभएको छ । प्रा डा केसीले सयौँ बिरामीको रोग परीक्षण गरेको तथा तथा परामर्श दिइसक्नुभएको बताइएको छ ।
स्थानीय नागरिकको सेवाका लागि हालसम्म छ पटक रसुवा पुग्नुभएका प्रा डा केसी यही कात्तिक २६ सम्म जिल्लामा रहनुहुने छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया