नुवाकोटमा आज थप १९ जनामा कोरोना पुष्टि
नुवाकोट । नुवाकोटमा आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लोे २४ घण्टामा जिल्लाका १४ पुरुष र ५ महिला गरि १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका ३ महिला र १२ पुरुष तथा शिवपुरी गायँपालिकाका ३ जना र ककनी गाउँपालिकाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये १८ जना होम आइसोलेसनमा र एकजना आइसोलेसन सेन्टरमा उपचाररत गरिरहेको खनालले जानकारी दिए ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ६ सय ३८ पुगेको छ । संक्रमितमध्ये ४ सय ५४ पुरुष र एकसय ८४ जना महिला रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा नुवाकोटका ६ जना कोरोना संक्रमित कोरोनामुत्त भएका छन् । कोरोनामुत्त हुनेमा दुई पुरुषसहित चार महिला रहेका छन् । यससँगै नुवाकोटमा कोरोनामुत्त हुनेको संख्या २ सय ९४ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
हालसम्म नुवाकोटका ६ हजार ८ सय १७ जनाको पिसिआर परिक्षण हुँदा एकसय ६३ जनाको रिर्पाेट आउँन बाँकी रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटमा अहिलेसम्म एकजना कोरोना संक्रमितले ज्यान गुमाएको कार्यालयको भनाइ रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया