Breaking News:पहिरोले सुर्यगढीको चोगतेमा एक घर पुरियो, ५० लाख बराबरको क्षति
		
	चोगते÷लगातारको अविरल वर्षाको कारण बुधबार राती नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नं ३ चोगतेमा पहिरोले एक घर पुरएको छ भने ५० लाख बराबरको क्षति भएको छ ।
पहिरोले चोगतेबजारका नवराज श्रेष्ठको घर पुरिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवरले विदुरखबरलाई बताउनुभयो । पहिरोले घर पुर्रदा ४ जना घाइते भएका छन । घाइते हुनेमा घरधनि नवराज श्रेष्ठ, उनकी श्रीमति, छोरा र छोरी रहेको प्रहरी प्रमुख कुवरे जानकारी दिनुभयो । कुवरले श्रेष्ठको घरको अवस्था कच्ची रहेको र माथिबाट पहिरो आएर घर पुरिएको बताउनुभयो ।

घाइतेहरुको अहिले नुवाकोटको विदुरमा रहेको सिटि अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यmय नुवाकोटले जनाएको छ । पहिरोले घर पुरिँदा श्रेष्ठको घरमा पालेको १३ वटा बाख्रा र ३५ वटा कुखुरासहित करिव ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले बताएको छ ।
श्रेष्ठको घरमा किराना पसल रहेको र अझै क्षतिको एकिन विवरण आउन समय लाग्ने बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवँरले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 












बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे





प्रतिक्रिया