नेकपा तारकेश्वरका एक दर्जन कार्यकर्ता कांग्रेस प्रवेश

विदुर खबर २०७७ कार्तिक ५ गते २०:३४

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ३ इकाई समितिद्वारा आयोजित कार्यक्रममा २६ नेकपाका कार्यकर्ता पार्टी परित्याग गरि नेपाली कांग्रेसम प्रवेश गरेका छ्न ।

Advertisement

वडा नम्बर ३ का इकाई सभापति दिपेस शाक्यको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बहादुर सिंह लामाको प्रमुख अथिती रहेका थिए भने महाधिवेशन प्रतिनिधि चोकराज शाक्य ,लागयत नेताहरुको बिशेष उपस्थिती रहेको थियो । नेकपाका लाल बहादुर तामाङ लगाएतले पार्टी प्रवेश गर्दै अब तारकेश्वरमा नेपाली कांग्रेसको बिकल्प नभएकोले आफुहरु नेकपा परित्याग गरेर कांग्रेसमा आएको बताए ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य बहादुर सिंह लामाले नव आगन्तुक कार्यकर्ताहरू लाई स्वागत गर्दै बिजया दशमी तथा शुभ दिपावलीको शुभकामना ब्यक्त गरेको नेबिसंघका नेता दिपेन्द्र ढकालले बताए । साथै उक्त कार्यक्रममा खेलकुद सामाग्री पनि बितरण गरिएको थियो ।

Advertisement

प्रतिक्रिया