पत्रकार महासंघका अध्यक्ष खनाल र सदस्य भण्डारीसंग ६०/६० हजार धरौटी माग,थुनछेक बहस बाँकी
नुवाकोट । नुवाकोटबाट प्रकाशन भईरहेको उत्तरगया दैनिकका प्रकाशक एवं सम्पादक शिव देबकोटालाई ज्यान मार्ने उद्धेश्यले कुटपिट गरेको अभियोगमा नुवाकोट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि बुधबार नुवाकोट जिल्ला अदालतमा हाजिर भएका पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल र सदस्य सुजित भण्डारीसंग अदालतले ६०÷६० हजार रुपैयाँ धरौटी तारेखको निर्णय गरेको छ ।
जिल्ला न्यायाधीश उमेशप्रसाद लुईटेलको अनुपस्थितीमा थुनछेक बहस नहुने भएपछि स्रेस्तेदार ठाकुरप्रसाद त्रितालले धरौटी तारेख दिएका हुन् । अदालतमा न्यायाधीशको उपस्थिती भएपछि ईजलासमा मुद्धा पेश भई थुनछेक बहस हुने बताईएको छ । यसअघि घटनामा संलग्न पत्रकार महासंघ नुवाकोटका सचिव जगदिश खनाल ५० हजार धरौटी बुझाएर तारेखमा रिहा भएका थिए । सचिव खनाल रिहा भएपनि फरार रहँदै आएका अध्यक्ष खनाल र सदस्य भण्डारी अदालतले पक्राउपुर्जी जारी गरेपछि बुधबार अदालतमा हाजिर भएका हुन् ।
गत असोज ५ गते बिदुरस्थित एक होटलमा पत्रकार महासंघको सदस्यता विवाद सम्बन्धी विवादमा सम्वाददाता देवकोटामाथि पत्रकार महासंघका अध्यक्ष खनालसहितको टोलीले निर्घात कुटपिट गरेको थियो । कुटपिट पछि काठमाडौंस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा देवकोटाको उपचार भएको थियो । त्यस लगतै सम्पादक देवकोटाकोे दाजु शम्भुप्रसाद देवकोटाले महासंघ अध्यक्ष खनाल सहित ३ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ज्यान मार्ने उद्योग गरेको भन्दै जाहेरी दर्ता गराएका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटले जिल्ला न्यायाधिवक्ताको कार्यालय मार्फत नुवाकोट जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे





प्रतिक्रिया