देशभर सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो
नुवाकोट । बुधबार तीन हजार ४३९ जना कोरोना संक्रमित थपिएका छन्। यो संख्या हालसम्मकै धेरै हो । योसँगै नेपालमा ९४ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये सक्रिय संक्रमित २५ हजार सात जना छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्तालयको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका एक हजार ६८४ जना रहेका छन्। काठमाडौंका एक हजार २९६ जना, ललितपुरका २९३ जना र भक्तपुरका ९५ जनामा संक्रमण पुष्टि भएको हो। गत २४ घण्टामा कोरोना निको हुनेको संखया एक हजार १२६ रहेको छ । यसरी हालसम्म कोरोना मुक्त हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ ।
नेपालमा हाल चार हजार १६४ जना क्वारेन्टिनमा छन् भने संस्थागत आइसोलेसनमा १० हजार ५९६ जना र होम आइसोलेसनमा १४ हजार ४११ जना रहेका छन् । गत एक दिनमा १४ हजार २०९ पीसीआर परीक्षण भएको छ । हालसम्म देशभरमा कुल ११ लाख १३ हजार ४८५ परीक्षण भइसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीति
धादिङमा श्रम संस्कृति पार्टीको जिल्ला कार्य समिति गठन
पाँचपटक मन्त्री भएका ७८ वर्षीय अर्जुननरसिंह कांग्रेसकाे समानुपातिक सूचीमा
बाबुराम शर्माको कृति ‘जीवनको पाठशाला’ विमोचन
आज तमु ल्होसार, सार्वजनिक बिदा





प्रतिक्रिया