देशभर सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो
नुवाकोट । बुधबार तीन हजार ४३९ जना कोरोना संक्रमित थपिएका छन्। यो संख्या हालसम्मकै धेरै हो । योसँगै नेपालमा ९४ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये सक्रिय संक्रमित २५ हजार सात जना छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्तालयको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका एक हजार ६८४ जना रहेका छन्। काठमाडौंका एक हजार २९६ जना, ललितपुरका २९३ जना र भक्तपुरका ९५ जनामा संक्रमण पुष्टि भएको हो। गत २४ घण्टामा कोरोना निको हुनेको संखया एक हजार १२६ रहेको छ । यसरी हालसम्म कोरोना मुक्त हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ ।
नेपालमा हाल चार हजार १६४ जना क्वारेन्टिनमा छन् भने संस्थागत आइसोलेसनमा १० हजार ५९६ जना र होम आइसोलेसनमा १४ हजार ४११ जना रहेका छन् । गत एक दिनमा १४ हजार २०९ पीसीआर परीक्षण भएको छ । हालसम्म देशभरमा कुल ११ लाख १३ हजार ४८५ परीक्षण भइसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया