देशभर सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

विदुर खबर २०७७ असोज २१ गते १९:५५

नुवाकोट ।  बुधबार तीन हजार ४३९ जना कोरोना संक्रमित थपिएका छन्। यो संख्या हालसम्मकै धेरै हो । योसँगै नेपालमा ९४ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये सक्रिय संक्रमित २५ हजार सात जना छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्तालयको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

Advertisement

आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका एक हजार ६८४ जना रहेका छन्। काठमाडौंका एक हजार २९६ जना, ललितपुरका २९३ जना र भक्तपुरका ९५ जनामा संक्रमण पुष्टि भएको हो। गत २४ घण्टामा कोरोना निको हुनेको संखया एक हजार १२६ रहेको छ । यसरी हालसम्म कोरोना मुक्त हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ ।

नेपालमा हाल चार हजार १६४ जना क्वारेन्टिनमा छन् भने संस्थागत आइसोलेसनमा १० हजार ५९६ जना र होम आइसोलेसनमा १४ हजार ४११ जना रहेका छन् । गत एक दिनमा १४ हजार २०९ पीसीआर परीक्षण भएको छ । हालसम्म देशभरमा कुल ११ लाख १३ हजार ४८५ परीक्षण भइसकेको छ ।

Advertisement

प्रतिक्रिया