नुवाकोट । प्रधानमन्त्री ओलीको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ। प्रधानमन्त्री ओलीको सचिवालयका चार जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको अवस्थाका बारेमा पनि चासो बढेको थियाे ।
प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरस कोभिड-१९ को संक्रमण भएको पुष्टि भउ पछि उहाँकाे पनि पीसीआर परिक्षण गरिएकाे थियाे । सचिवालयका सदस्यहरुको भन्दा एक दिनअघि, बिहीबार, स्वाब लिएर गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीका चिकित्सक डा दिलीप शर्माले बताए । प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना), सशस्त्र प्रहरीका १८ जना र राष्टिय अनुसन्धान विभागका दुई जनालाई कोरोना संक्रमण देखिएको छ ।
अहिलेसम्म प्रधानमन्त्रीको सुरक्षाका लागि पहिलो घेरामा खटिने सुरक्षाकर्मीहरुमा भने संक्रमण देखिएको छैन । तर केहीको रिपोर्ट आउन बाँकी छ । शनिबार मात्र प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।













नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया