नेपालमा कोरोनाबाट ३ सय ९० जनाको ज्यान गयो

विदुर खबर २०७७ असोज २ गते १७:३४

नुवाकोट । नेपालमा ३ सय ९० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको जानकारी दिए । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुगेको छ ।

डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुईहजार भन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।

Advertisement

यससँर्गै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

प्रतिक्रिया