सेयर बजारमा सामान्य करेक्सन
नुवाकोट । सेयर बजारमा मंगलबार सामान्य करेक्सन भएको छ ।
मंगलवार शेयर बजार ४ दशमलव ४७ अंक घटेको छ । कारोबारको दोस्रो घण्टासम्म बढेको बजार त्यसपश्चात भने घटेको हो ।यस दिन नेप्से परिसूचक १ हजार ५३६ दशमलव शून्य ३ विन्दुमा झरेको छ । सोमवार ३ दशमलव २६ अंक बढेर १ हजार ५४० दशमलव ५१ विन्दुमा बजार बन्द भएको थियो । अघिल्लो कारोबार दिनको तुलनामा सोमवार परिसूचकसँगै कारोबार रकममा पनि कमि आएको छ । सोमवार रू. ३ अर्ब २१ करोड ४ लाख ७९ हजार बराबरको शेयर खरीदविक्री भएको थियो ।
मंगलवार भने रू. १ अर्ब ८० करोड १ लाख ९७ हजार बराबरको शेयर कारोबार भएको छ । यस दिन १९१ ओटा कम्पनीको २८ हजार १४४ पटकको व्यापारमा उक्त रकम बराबरको ५७ लाख २३ हजार ५६३ कित्ता शेयर कारोबार भएको हो ।
मंगलवार पनि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस दिन उक्त कम्पनीको रू. ११ करोड २१ लाख ८२ हजार बराबरको शेयर कारोबार भएको हो । यो दिन ५० ओटा कम्पनीको शेयरमूल्य बढ्दा दिव्यश्वरी हाइड्रोपावरको १० प्रतिशतले शेयरमूल्य बढेको छ ।
त्यस्तै एनआरएन लघुवित्तको ९ दशमलव ९२ प्रतिशत, रिलायन्स लाइफ इन्स्योरेन्सको ९ दशमलव ८६ प्रतिशत, खाँनीखोला हाइड्रोपावरको ९ दशमलव ८४ प्रतिशत र घलेम्दी हाइड्रोको ९ दशमलव ५९ प्रतिशत शेयरमूल्य बढेको हो । यस दिन सर्वाधिक शेयरमूल्य माउण्टेन हाइड्रो र राधी विद्युत कम्पनीको घटेको छ ।
माउण्टेन हाइड्रोको ४ दशमलव ८५ प्रतिशत र राधी विद्युतको ४ दशमलव शून्य २ प्रतिशत शेयरमूल्य घटेको हो । लगातार पाँच दिनदेखि बढेको बजारमा नाफा बुक गर्न लगानीकर्ताहरु सक्रिय हुँदा मंगलवार बजार करेक्सन भएको देखिन्छ ।
मंगलवार कारोबारमा आएका १२ ओटा समूहमध्ये म्युचुअल फण्डको शून्य दशमलव ३८ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव १८ प्रतिशत र होटल समूहको शून्य दशमलव ५९ प्रतिशत बढेको छ भने बाँकी समूहको घटेको छ ।
यस दिन बैंकिङ समूहको शून्य दशमलव २४ प्रतिशत, व्यापारिक समूहको १ दशमलव ३७ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८२ प्रतिशत, जलविद्युतको शून्य दशमलव ७१ प्रतिशत, वित्तको शून्य दशमलव ३६ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव शून्य ४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ४१ प्रतिशत, अन्यको शून्य दशमलव ७३ प्रतिशत र जलवित्तको शून्य दशमलव १५ प्रतिशत परिसूचक घटेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश
देशभर बदली, कोशी–बागमतीमा मध्यम वर्षा र उच्च पहाडमा हिमपातको सम्भावना





प्रतिक्रिया