आज सुन तोलामा दुई सय रुपैयाँले घट्यो
विदुर खबर
२०७७ साउन २६ गते ११:४८
विदुर । सुनको मूल्य निरन्तर दाेस्राे दिन घटेको छ। साउन २६ गते, सोमबार सुन तोलामा २०० रुपैयाँले घटेको हाे।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला एक लाख दुई हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन आइतबार सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला एक लाख दुई हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियो।
अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउमा गिरावट आएको छ। सोमबार प्रतिअउन्स दुई हजार २९ डलरमा सुन किनबेच भइरहेको छ। यसैगरी, सुनसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। सोमबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३९५ रुपैयाँमा खरिदबिक्री भएको छ।
निरन्तर रुपमा आकाशिएको सुन र चाँदीको भाउ अन्तरराष्ट्रिय बजारमा घटेसँगै नेपाली बजारमा पनि घटेकाे हो।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी





प्रतिक्रिया