काठमाडौं उपत्यका कोरोनाको ‘हब’ बन्ने खतरा
नुवाकोट । काठमाडौं उपत्यकामा हालसम्म ११३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं जिल्लामा ९०६ जना,ललितपुरमा १३८ जना र भक्तपुरमा ८६ जना कोरोना संक्रमित रहेका छन् । आईतबार संक्रमण पुष्टि भएका ९२ जना समेत जोडेर ११३० जना कोरोना संक्रमित पुगेका हुन् । आईतबार काठमाडौं जिल्लामा ९० जना र ललितपुरमा थप २ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वरले जानकारी दिए ।
कोरोना संक्रमितको संख्या उपत्यकामा दैनिक बृद्धि भईरहेको छ । यससंगै उपत्यकाको अवस्था जटिल बन्दै गएको छ । बाक्लो जनघनत्व भएको शहरी क्षेत्र भएका कारण पनि उपत्यकामा समुदायमा संक्रमण फैलिने खतरा बढेको छ । यससंगै उपत्यकाका ३ ओटै जिल्ला प्रशासन कार्यालयले आईतबारदेखि १५ दिनसम्म सटडाउनको निर्णय गरेका छन् ।
भने सवारी साधनहरुमा पनि जोरबिजोर प्रणली लागू गरिएको छ । राती ९ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी चलाउन निषेध गरिएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे





प्रतिक्रिया