विदुर नगरपालिकाका सबै क्षेत्रहरु सिल गरिने नगरपालिकाको निर्णय
विदुर । विदुर नगरपालिकाका सबै क्षेत्रहरु सिल गरिने भएको छ ।
विदुर नगरपालिकाको वुधबार वसेको ४३ औ बैठकबाट विदुर नगरपालिकाको सवै क्षेत्रहरु सिल गर्ने निर्णय गरेको नगरपालिकाका मेयर सञ्जु पण्डितले जानकारी दिए ।
विदुर नगरपालिका वडा नम्बर ८ का एक व्यक्तिमा कोरोना संक्रमण देखिएसँर्ग पुरै नगरपालिका सिल गर्न लागिएको विदुर नगरपालिकाले जनाएको छ । नगरपालिका सिल गरिएसँगै नगर क्षेत्रभित्र संचालित छोटो दुरीको सवारी साधन समेत बन्द गर्नै निर्णय गरिएको छ ।
त्यस्तै बैठकले क्वारेनटाइन तोकिएका होटल र चिया पसलवाहेक अन्य होटलहरु बन्द गरिने,मठमन्दिर र सार्वजनिक स्थानमा भेला हुन नपाइने निर्णय गरिएको छ । त्यस्तै सबै वडा कार्यालयको सेवा २ साता बन्द गरिने भएको छ ।
यस्तै नगरक्षेत्रभित्र रहेका सरकारी कार्यालय समेत केही समय बन्द गर्न आग्रह गरिने, अन्य जिल्लाबाट आयात गरिने तरकारी र फलफुल समेतलाई प्रतिबन्ध लगाउने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुदेव पोखरेलले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया