सुनको भाउ फेरि बढ्यो
विदुर खबर
२०७७ साउन ४ गते १६:२४
नुवाकोट । सुनको भाउ साउन ४ गते आइतबार तोलामा ३०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासँघले आइतबार सुनको भाउ प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम गरेको छ। अघिल्लो दिन शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा खरिद बिक्री भएको थियो। पछिल्लो दुई दिन तोलामा ६०० रुपैयाँले घटेको सुनको भाउ आइतबार फेरी बढेको हो।
यस दिन तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ। त्यसैगरी, आइतबार चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर एक हजार ५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन शुक्रबार चाँदी प्रतितोला ९९५ रुपैयाँमा खरिद बिक्री भएको थियो।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नेपाली कांग्रेस नुवाकोटको जिल्ला अधिवेशन आईतवार हुने
आजको मौसम : बागमतीको केही स्थानमा वर्षाको सम्भावना
पूर्व उपप्रधानमन्त्री रायमाझी जेलमुक्त
“बाटुलो जूनको” ट्रेलर सार्वजनिक
घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन





प्रतिक्रिया