रसुवागढी नाका जोड्ने सडक सञ्चालन
विदुर खबर
२०७७ असार २८ गते १८:१०
रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक खुलेको छ।
शुक्रबार बिहानदेखि अवरुद्ध रहेको स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ र तातोपानीडाँडा क्षेत्रमा गएको पहिरो पन्छाएसँगै शनिबार दिउँसोबाट सडक सञ्चालनमा आएको हो ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार रसुवागढी जलविद्युत आयोजनाको सहयोगमा दिउँसो साढे २ बजेदेखि यातायात सञ्चालनमा आएको छ । पासाङ ल्हामु मार्ग अन्तर्गत राम्चे धुन्चे सडक खण्डमा पनि सवारी सञ्चालन भइरहेको छ । सडक हिलो भएका कारण सवारी सञ्चालन गर्न भने कठिन भएको यातायात व्यवसायीले बताएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया