लिखु गाउँपालिका वडा नम्बर एक वडा कार्यालयको भवन शिलान्यास

वडा कार्यालयको भवन शिलान्यास गदै जिसस नुवाकोटका प्रमुख सन्तामान तामाङ ।
ढिकुरे । लिखु गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयको आज शिलान्यास गरिएको छ ।
वडा कार्यालयको शिलान्यास जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ,गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठ,गाउँपालिकाकी उपप्रमुख रोजीना राई र वडाअध्यक्ष नरहरी पाण्डेले संयुत्त रुपमा गरेका हुन । जिल्ला समन्वय समिति नुवाकोट र लिखु गाउँपालिकाको सहयोगमा बन्न लागेको वडा कार्यालयको लागत ५९ लाख रुपैयाँ रहेको वडाअध्यक्ष नरहरी पाण्डेले जानकारी दिए । शिलान्यास गरिएको कार्यालयमा ३ कोठासहित एक बैठक कक्ष रहने गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठले बताए ।
वडा कार्यालयको भवन निर्माणसँगै साघुरो कोठाबाट वडाले दिँदै आएको सेवा फराकिलो बन्ने र वडाबासीले छिटो र प्रभावकारी सेवा पाउने जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बताए । वडा कार्यालयको भवन २०७८ साल पुस १० गते सम्म सम्पन्न भइ हस्तान्तरण हुने बताइएको छ ।
वडा कार्यालय निर्माणको लागि स्थानिय धर्मदत्त लामिछानेले एक रोपनी जग्गा निशुल्क दिएका हुन । प्रचलित दररेट अनुसार सो जग्गा एक करोड रुपैयाँ बराबर रहेको छ । शिलान्यास कार्यक्रममा गाउँपालिकाकी उपप्रमुख रोजीना राई,विभिन्न वडाका वडाध्यक्ष, नुवाकोटको उद्योग वाणिज्य संघका सदस्य लक्ष्मण लामिछाने लगाएतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया