वाग्मती प्रदेशका ७ सय ५ जना पत्रकारको कोरोना बिमा
		
	
नुवाकोट । वाग्मती प्रदेशमा कार्यरत ७ सय ५ जना पत्रकारको कोरोना बिमा भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय वाग्मती प्रदेशको आर्थिक सहयोग तथा सञ्चार रजिस्ट्रार कार्यालयले बिमा गरेको हो ।प्रदेशका नेपाल पत्रकार महासंघ जिल्ला शाखाको समन्वयमा कोरोना संक्रमणको जोखिममा काम गरिरहेका पत्रकारहरुको बिमा गरिएको प्रेस रजिस्टार रेवती सापकोटाले जानकारी दिए । पीसीआर परीक्षणबाट पोजिटिभ पुष्टि भएमा बिमा गरिएका पत्रकारले एक लाख रुपैयाँको बिमा रकम युनाइटेड इन्सुरेन्स कम्पनीबाट प्राप्त गर्नेछन् ।
संक्रमण पोजिटिभ पुष्टि भएपछि बिमा रकम भुक्तानी हुनेछ । युनाइटेड इन्सुरेन्स कम्पनीका प्रतिनिधि दिनेश रेग्मीले बिहीबार बिमित पत्रकारको विवरण सञ्चार रजिष्ट्रार सापकोटालाई बिहीबार हस्तान्तरण गरे । सञ्चार रजिष्ट्रार कार्यालयबाट परिचयपत्र प्राप्त गरेका तर अन्यत्र कोरोना बिमा नगराएका, नेपाल पत्रकार महासंघको वाग्मती प्रदेश र नेपाल पत्रकार महासंघ उपत्यका समितिअन्तर्गतका शाखा, प्रतिष्ठान र एशोसियटसबाट प्राप्त विवरणका आधारमा पत्रकारको कोरोना बिमा गराइएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 












बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे





प्रतिक्रिया