बागमती प्रदेशकी उपसभामुख तामाङद्दारा गाडी किन्न र निवास बनाउने रकम फिर्ता
नुवाकोट । बागमती प्रदेशको उपसभामुख राधिका तामाङले नयाँ गाडी किन्न र निवासमा नयाँ भवन बनाउन छुट्याएको रकम फिर्ता गराएका छन ।
विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण नेपालमा पनि स्वास्थ्य क्षेत्रमा संकट भएको बेला जनताको स्वास्थ्य र अन्य अति आवश्यक क्षेत्रमा खर्च गर्न भन्दै उक्त रकम फिर्ता गराएका हुन । वागमती प्रदेशसभा सचिवालयले उपसभामुख तामाङको लागि नयाँ गाडी किन्न र सडक डिभिजनको कम्पाउन्डभित्र नयाँ भवन बनाउनका निम्ति रकम विनियोजन गरेको थियो । गत २०७६ फागुन १४ गते बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले गाडी किन्ने निर्णय गरेको थियो भने भवन बनाउने निर्णय प्रदेशसभाको स्वीकृत वार्षिक कार्यक्रममा परेको थियो ।
‘हाल चढिरहेको गाडी होचो भएका कारण फिल्डमा जान कच्ची सडकमा समस्या भएकोले नयाँ स्कार्पियो गाडी किन्ने निर्णय भएको’ उपसभामुख तामाङले बताए । ‘म लकडाउनको बिचमा पनि तीन पटक विभिन्न जिल्ला र आफ्नो निर्वाचन क्षेत्र पुगें, त्यहाँको अवस्था र देशैभरि कोरोना नियन्त्रणका लागि आवश्यक तयारीमा रहेका अभाव देखेपछि मन बदलियो’ उपसभामुख तामाङले भने । फिल्डमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सुरक्षा सामाग्री समेत नपुगिरहेको अवस्थामा सरकारको ध्यान त्यता केन्द्रीत होस भनेर हाम्रा समस्या थाती राखेर मैले यो निर्णय गरेकी हूँ । हाल उपसभामुख तामाङले टाटाको स्ट्रोम जीप चढिरहेका छन् ।
सचिवालयले सभामुख र उपसभामुख निवासमा स्वकिय सचिवालय निर्माणका लागि भनेर ५८ लाख ३० हजार रकम विनियोजन गरेका थिए । गत मंसिरमा निर्णय भई इविडिड्ड मार्फत ठेक्का प्रक्रिया बढाउने भनिए तापनि ढिलासुस्ती र लकडाउनका कारण भन्दै सचिवालयले २०७७ जेठ अन्तिम सातामा आएर मात्र निर्माण कार्य अगाडि बढाएका थिए ।सभामुख र उपसभामुखका लागि छुट्ट-छुट्टै सचिवालय भवन बनाउने निर्णय भएता पनि उपसभामुखले नयाँ भवन नवनाउने निर्देशन गरेपछि सभामुख सानुकुमार श्रेष्ठको सचिवालयका लागि मात्र नयाँ ट्रस्टको भवन बनाएको साचिवालयले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया