नेपालको ४ जिल्ला कोरोनाको उच्च जोखिममा
नुवाकोट । सरकारले ४ जिल्लालाई कोरोना ‘हटस्पट’का रुपमा राख्दै जोखिम कम नभएसम्म लकडाउनलाई कडाइका साथ लागू गर्ने भएको छ ।
कोरोना संक्रमणको उच्च जोखिममा रहेका सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखलाई ‘हटस्पट’को सूचीमा राखेर तत्काल अत्यावश्यक बाहेक कुनैपनि कामकारबाही सुचारु नगर्ने भएको हो । गृह मन्त्रालयले यी ४ जिल्लामा अत्यावश्यक सेवाबाहेक सार्वजनिक, निजी तथा गैरसरकारी संघसंस्थाबाट हुने काम कारबाही अर्को निर्णय नभएसम्मका लागि सुचारु नगर्न पनि निर्देशन दिएको छ । यी जिल्लामा कोरोना संक्रमणको जोखिम र खतरा मूल्यांकन गरेर निर्णय लिन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए ।
स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जनस्वास्थ्यसम्बन्धि मापदण्ड अनुसार यी जिल्लाको अवस्था उच्च जोखिममा रहेकोले अर्को व्यवसथा नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा सुचारु नगरिएको बताए । ‘सरकारले २ सय सम्म कोरोना संक्रमित रहेका जिल्लामा शर्तसहित लकडाउन खुकुलो पार्दै सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका सेवा सुचारु गर्ने निर्णय लिएको छ,’ अधिकारीले कान्तिपुरसँग भने, ‘तर सर्लाही, रौतहट, कपिलबस्तु र दैलेख संक्रमणको उच्च जोखिम रहेकै कारण यस क्षेत्रमा लकडाउनलाई थप कडाइका साथ पालना गर्न स्थानीय प्रशासनलाई भनेका छौं ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए
घाँस काट्ने क्रममा लडेर ७२ वर्षीय वृद्धाको मृत्यु 





प्रतिक्रिया