बैतडीको क्वारेन्टाइनमा २२ वर्षीया युवतीको मृत्यु
विदुर खबर
२०७७ जेठ २० गते ११:१७
बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाको एक विद्यालयमा रहेको क्वारेन्टाइनमा एक युवतीको सोमबार साँझ मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशन चन्दका अनुसार पुर्चौडी नगरपालिका–४ स्थित मालिका माविको क्वारेन्टाइनमा सोही ठाउँमा घर भएकी २२ वर्षीया युवतीको मृत्यु भएको हो । उनी केही दिनअघि मात्रै भारतबाट आएकी हुन् । निरीक्षक चन्दले ती युवतीले दमको उपचार गराइरहेको प्रारम्भिक जानकारी आफूले पाएको बताए ।
जिल्ला जनस्वास्थ्य प्रमुख योगेश भट्टका अनुसार मृतक युवतीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनस्थलतर्फ पठाइएको छ । उनको परीक्षण रिपोर्ट आएपछि मात्र शवको पोस्टमार्टम गरिने उनले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया