रक्सी खाने अखडा बन्दै गल्छी–त्रिशूली–रसुवागढी सडक आयोजनाको कार्यालय, योजना प्रमुख रमाईलो गर्न मात्र नुवाकोट आउँछन
सुजित भण्डारी ,विदुर÷राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको गल्छी–त्रिशूली–रसुवागढी सडक आयोजनाको कार्यालय रक्सी खाने अखडा बन्दै गएको छ । कार्यलयमा सधैजसो मोजमस्तिको हुँदै आएको छ । कार्यलय प्रमुख सुवोध देवकोटा भने “कामकुरो एकातिर कुम्लो बोकी ठिमितिर” भनेझै कार्यलयमा रमाइलो र मोजमस्ती मात्र गर्न आउँने गरेका छन । कार्यलयमा कामभन्दा बढी मोजमस्ती र मदिरापान हुँदै आएको कार्यलयकै कर्मचारीले नाम नबताउने सर्तमा समेत स्वीकार गरेका छन ।
प्रत्यक शुक्रबार कार्यलयमा सडकसँग सम्बन्धित र आयोजना प्रमुख सुबोध कुमार देबकोटा निकटका कर्मचारीहरुको लर्को लाग्ने गरेको छ । सोमबार देखि बिहिबारसम्म काठमाण्डौ र अन्य स्थानमा पुग्ने आयोजना प्रमुख शुक्रबार भने काठमाण्डौदेखि आफु निकटका कर्मचारीहरु बोकेर नुवाकोट आईपुग्ने गर्छन् । कुनै अपरझट निर्णय र बैठक बस्नका लागी मात्रै कार्यालय समयमा नुवाकोट आईपुग्ने योजना प्रमुख देबकोटा आयोजना प्रभाबित नागरिकहरु र सरोकारवालाहरुले भेट्नका लागी एक साता कुर्नु पर्नेछ । अझै, यता आर्थिक वर्षको अन्तिमतिर लाग्दै गर्दा देवकोटाले काठमाडौं देखिका आफ्नो निकटका सरकारी कर्मचारीलाई बोलाएर कार्यालयमै रक्सी पार्टी दिन थालेका छन् । आयोजनाको काम प्रभाबाकरी नभएको चौतर्फि गुनासो आईरहेको समयमा प्रमुख भने काठमाण्डौ जाँदा र आउदा सडकको अनुगमन गर्छन् ।
राजनितिक पहुँच, र पैसाको प्रयोग गरेर आफलु अनुकुल काम गदेृ आएका योजना प्रमुख पछिल्लो समय कार्यालय समयभित्र नुवाकोटमा देखिन छाडेका छन् । उनी राजनितिक पहँच र पैसा मिलाएको कारण गल्छी–त्रिशूली–रसुवागढी सडक कार्यालयमा प्रमुख भएर आएका हुन् । केही काङ्ग्रेसनिकटका कर्मचारीहरू आउने प्रयास गर्दा उनले माग अनुसारका इच्छा पूरा गरेको कारण ठूलो परियोजना पाएको बताईएको छ । यता, राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको गल्छि त्रिशुली रसुवागढी सडक स्तरउन्नतीमा ठेकेदारसँग पैसा उठाएर खाएको कारण उनले ठेकेदारलाई राम्रोसँग काम लगाउन सकेका छैनन् । सडक स्तरउन्नतीको काम अन्तिममा पुग्नु पर्ने समयमा हाल २४ प्रतिबत मात्रै प्रगती रहेको छ । गल्छि देखि मैलुङ सम्मको सडक स्तरउन्नतीको लागी अहिले निर्माण कम्पनीले काम गर्दै आएका छन् ।
ठेकदारले जहाँ आफूलाई सजिलो हुन्छ त्यही काम गर्दा देवकोटाले सहमति दिन बाध्य भएका छन् । ठेकेदार कम्पनी मार्फत बिभिन्न बाहना र मिलाउने नाममा मोटो रकम असुलेका योजना प्रमुख देबकोटाले ठेकेदार कम्पनीलाई काम लगाउन नसक्दा आयोजना अलपत्र बन्दै गएको छ । निर्माण कम्पनीले चाहे अनुसारको काम योजना प्रमुखले गर्ने गरेका छन् । पछिल्लो समयमा उनले ठेकेदार कम्पनीबाट सडक विभागका कर्मचारी, भौसितक तचथा योजना मन्त्रालयका कर्मचारीहरुलाई मिलाउनु प¥यो भन्दै पैसा उठाउने काम समेत भएको बुझिएको छ । कार्यालयमा २४ जना भन्दा बढि कर्मचारीह्रु रहेका छन् । तर ५÷६ जना भन्दा बढि अहिले सम्म कार्यालयमा कर्मचारी आई पुगेका छैनन् ।
मोजमस्ति र रमाईलोका लागी मात्रै कार्यालय भरिने गरेको छ । कार्यालयमा बुझ्दा योजना प्रमुख सँधै बिभागमा गएको र अन्य कर्मचारी फिल्डमा रहेको जबाफ आउछ । गल्छि त्रिशुली रसुवागढी एउटा यस्तो कार्यालय हो जहाँ काम गर्ने कार्यालय सहयोगी समेत फिल्डमा जान्छन् । कार्यालयका अनुसार । सडकको अवस्था झन्झन् बिगँ्रदै गएको छ । योजना प्रमुख भने बिदाको दिन र रमाईलोका लागी नुवाकोट आँउदा जाँदा सडकको अनुगमन गर्छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया