कोरोना भाइरस रोकथामका कर्णाली सरकारले माग्यो सेना परिचालन गर्न अनुमति
नुवाकोट । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि सेना परिचालन गर्न नेपाल सरकारसँग स्वीकृति मागेको छ ।
ठूलो सङ्ख्यामा भारतबाट फर्किएका कोरोना प्रभावितहरुको उद्धार र व्यवस्थापनका लागि सेना परिचालन गर्न प्रदेश सरकारले अनुमति मागेको हो । प्रदेशमा कोरोना फैलिन थालिइसकेको र नेपाल प्रहरी तथा सशस्त्रले शान्ति सुरक्षासम्बन्धी अन्य कामसमेत गर्नुपर्ने भएकाले मन्त्रिपरिषदको बैठकले सेना परिचालनका लागि स्वीकृति मागेको सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् ।
कोरोनाका कारण रोजगारी गुमेपछि औसतमा दैनिक ४ हजार कर्णालीवासी भारतबाट फर्किने गरेका छन् । हाल कर्णालीका ८० हजार नागरिक भारतमा रहेको र ३० हजार फर्किने प्रदेश सरकारको अनुमान छ । ठूलो सङ्ख्यामा नागरिक भित्रिएकोले महामारी फैलिने त्रास बढेको छ । हालसम्म कर्णालीमा भारतबाट आएका २३ जनामा कोरोना पुष्टि भइसकेको छ ।
– यज्ञ खत्रीबाट
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया