उपचार गराउन हिँडेकी नुवाकोटकी एक महिला वेपत्ता
विदुर खबर
२०७५ असार ३० गते ९:४६
विदुर÷उपचार गराउन जाने भन्दै घरबाट हिडेको नुवाकोटका एक महिला वेपत्ता हुनुभएको छ ।
बेपत्ता हुनेमा तार्केश्वर गाउपालिका वडा नम्बर ४ बस्ने ज्ञानबहादुर श्रेष्ठको श्रीमती उर्मिला श्रेष्ठ रहेको नुवाकोट प्रहरीले जनाएको छ । बेपत्ता हुनुभएका श्रेष्ठ खुट्टा झमझमाउने रोगबाट पीडित हुनुभएको र उपचारको लागी हिजो बट्टार जान्छु भनी हिडेकोमा केही खबर नआए पछि उहाँका श्रीमान् ज्ञानबहादुर श्रेष्ठले तारुका प्रहरी चौकीलाई जानकारी गराएका थिए ।
प्रहरीले खोजी गर्ने क्रममा बेपत्ता महिलाले दर्शनटार स्थित त्रिशूली खोलाको झलुंगे पुलबाट हामफालेको देखेको स्थानीयबासीले बताएका छन् । झलुंगे पुलको छेउमा महिलाको कपडा र झोला भेटिएको तारुका प्रहरी चौकीले बताएको छ । बेपत्ता महिलाले आत्महत्या गरेको हुनसक्ने र घटनाबारे थप अनुसन्धान जारी रहेको नुवाकोट प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया