उपचार गराउन हिँडेकी नुवाकोटकी एक महिला वेपत्ता
विदुर खबर
२०७५ असार ३० गते ९:४६
विदुर÷उपचार गराउन जाने भन्दै घरबाट हिडेको नुवाकोटका एक महिला वेपत्ता हुनुभएको छ ।
बेपत्ता हुनेमा तार्केश्वर गाउपालिका वडा नम्बर ४ बस्ने ज्ञानबहादुर श्रेष्ठको श्रीमती उर्मिला श्रेष्ठ रहेको नुवाकोट प्रहरीले जनाएको छ । बेपत्ता हुनुभएका श्रेष्ठ खुट्टा झमझमाउने रोगबाट पीडित हुनुभएको र उपचारको लागी हिजो बट्टार जान्छु भनी हिडेकोमा केही खबर नआए पछि उहाँका श्रीमान् ज्ञानबहादुर श्रेष्ठले तारुका प्रहरी चौकीलाई जानकारी गराएका थिए ।
प्रहरीले खोजी गर्ने क्रममा बेपत्ता महिलाले दर्शनटार स्थित त्रिशूली खोलाको झलुंगे पुलबाट हामफालेको देखेको स्थानीयबासीले बताएका छन् । झलुंगे पुलको छेउमा महिलाको कपडा र झोला भेटिएको तारुका प्रहरी चौकीले बताएको छ । बेपत्ता महिलाले आत्महत्या गरेको हुनसक्ने र घटनाबारे थप अनुसन्धान जारी रहेको नुवाकोट प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया