सूर्यगढी गाउँपालिकाका स्वास्थ्यकर्मीलाई ‘पिपिइ’
विदुर खबर
२०७७ वैशाख ३० गते १५:१५
बिदुर । सूर्यगढी गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटले यशोदादेबी भगवानसिंह केसी मेमोरियल ट्रष्टको सहयोगमा ब्यक्तिगत सुरक्षा उपकरण(पिपिइ) उपलब्ध गराएको छ ।
मंगलबार बिहान युनियनका जिल्ला अध्यक्ष शिव देबकोटाले सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर तमाङ र प्रमुख प्रशासकीय अधिकृत यज्ञेश्वर पाण्डेको रोहवरमा स्वास्थ्य संयोजक नरेन्द्र डंगोललाई ५ थान पिपिइ हस्तान्तरण गरेका हुन् ।
त्यसक्रममा गाउँपालिका अध्यक्ष घलेले कोरोना संक्रमण रोकथामका लागि सबैको ऐक्यबद्ध प्रयत्न आवश्यक रहेको बताउँदै ट्रेड युनियनको सहयोगले अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने धारणा ब्यक्त गरे ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु 





प्रतिक्रिया