एसईई कुनैपनि हालतमा हुन्छ : राष्ट्रिय परीक्षा बोर्ड
नुवाकोट । माध्यमिक तहका परीक्षा नहुने भन्ने भ्रममा नपर्न विद्यार्थीलाई प्रस्ट गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीहरूले परीक्षा सञ्चालन गरी प्रमाणपत्र जारी गर्ने व्यवस्थाकानुनमा नै भएकाले परीक्षा कुनै पनि हालतमा हुने बताएका छन् । शिक्षा पक्रकार सञ्जाल (इजोन) ले आइतबार अनलाइन माध्यमबाट आयोजना गरेको अन्तरक्रियामा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले बोर्ड कानुनको पालना गर्ने निकाय भएकाले यो निर्णयबाट बाहिर जान नमिल्ने बताउनुभयो । उहाँले कानुन परिवर्तन नगरी परीक्षा स्थगित गर्न असम्भव रहेको स्पष्ट पार्नुभयो ।
उहाँले सरकारले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित भएको सरकारले घोषणा गरेपछि मात्र परीक्षा हुन सक्ने र भाइरस नियन्त्रण हुन नसकेमा एक÷दुई शैक्षिक सत्रसमेत गुम्न सक्ने बताउँदै भन्नुभयो– ‘नियन्त्रण भएको घोषणा गरिएको कम्तीमा दुई साता समय दिई परीक्षा सञ्चालन हुनेछ ।’प्रवेशिका परीक्षा (एसईई) लाई सहज बनाउन अनिवार्य विषयको बोर्डले र बाँकी ऐच्छिक विषयको विद्यालयले नै लिन पाउने प्रस्ताव शिक्षा मन्त्रालयमा बुझाइएको छ ।
कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले आफूहरु पर्ख र हेरको स्थितिमा रहेको बताउनभयो । उहाँले मन्त्रालयले विभिन्न विकल्पनका बारेमा छलफल गरिरहेको र अझै टुंगोमा नपुगिसकेको उल्लेख गर्दै कोरोना भाइरस नियन्त्रणपछि मात्र परीक्षाका बारेमा सोच्न सकिने बताउनुभयो ।
एसईई कार्यालयका परीक्षा नियन्त्रक रामराज खकुरेलले एसईईका परीक्षार्थीलाई सजिलो बनाइदिन उपकेन्द्र कायम गर्ने बारेमा सोचिएको र त्यसका शिक्षा विकास तथा समन्वय एकाइसँग प्रस्ताव मागिएको जानकारी दिनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया