साउदीमा कोरोना संक्रमित एक नेपालीको मृत्यु
नुवाकोट । साउदी अरबको जेद्दामा कोरोना संक्रमित एक नेपालीको मृत्यु भएको छ ।
जेद्दास्थित महावाणिज्य दूतावासका अनुसार मदिनामा कार्यरत एक नेपालीको उपचारको क्रममा ज्यान गएको हो । जेद्दा क्षेत्रभित्र मात्रै संक्रमित नेपालीको संख्या ४५ पुगेको छ । १० जना निको भइ क्याम्पमा फर्केका छन् । उपचारमा रहेका नेपाली नागरिकहरुमध्ये मदिनामा उपचाररत एक जनाको निधन भएको दु:खद् खबरले हामी स्तब्ध भएका छौं’, दूतावासद्वारा आइतबार जारी विज्ञप्तीमा भनिएको छ, ‘दु:खको यस क्षणमा कन्सुलेट परिवार मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।’
दूतावासले कोरोना संक्रमण रोकथाम र उपचारका लागि विश्व स्वास्थ्य सङ्गठन लगायत साउदी सरकारले चालेका कदमलाई पूर्ण पालना गरी संयमित र सुरक्षित रहन सबै नेपालीलाई अनुरोध गरेको छ । दूतावासले कोरोना संक्रमणको लक्षण देखिँदा पनि कम्पनीले बेवास्ता गरी स्वास्थ्य उपचार नगराइ छुट्टै आइसोलेसनमा बस्न बाध्य पारेमा जानकारी दिन अनुरोध गरेको छ । ‘कम्पनीले तोकेको क्वारेन्टाइनमा बस्दा खानाको प्रबन्ध नगरेमा तथा स्वास्थ्य अवस्था बिग्रदै जाँदा पनि थप स्वास्थ्य जाँच गराउन कम्पनीले पहल नगरेको अवस्थामा तुरुन्त यस कन्सुलेटमा सम्पर्क गर्नुहुन अनुरोध छ ’, कार्यबाहक महावाणिज्यदूत रेवती पौडेलले भने ।
आइसोलेसन वा क्वारेन्टाइनमा पालान गर्नुपर्ने नियमको उल्लंघन गर्नेलाई साउदी सरकारले ठूलो जरिवाना तोकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया