नेकपाको सचिवालयको बैठकमा नेताहरुबीच चर्काचर्की
नुवाकोट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद फेरि उत्कर्षमा पुगेको छ ।
स्थायी कमिटीको एजेण्ड तय गर्न बसेको सचिवालयको बैठकमा नेताहरुबीच चर्काचर्की भएपछि भोलीको लागि बोलाइएको स्थायी कमिटीको बैठक अनिश्चित भएको हो । सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड– एवं वरिष्ठ नेता माधव कुमार नेपालबीच चर्काचर्की भएको सचिवालयका एक सदस्यले बताए ।
उनका अनुसार एक व्यक्ति एक पदको एजेण्डा पारित गर्ने विषयमा असन्तुष्टि जनाउदै सचिवालय बैठक जारी रहेकै बेला प्रधानमन्त्री ओली उठेर हिडेका थिए । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको बैठकमा एजेण्ड तय गर्न अध्यक्षद्धयबीच गृहकार्य नपुगेकाले सचिवालयको बैठकले निर्णय गर्न नसकेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले प्रधानमन्त्री निवास वालुवाटारमा अध्यक्षद्धयबीच छलफल भइरहेको छ ।
प्रधानमन्त्री ओलीले कार्यव्यस्तता र शारीरिक कारण देखाए बैठकबाट बाहिरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो
आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइँदै
नुवाकोटको बेलकोटमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु
नुवाकोटका तामाङ पक्राउ





प्रतिक्रिया