नुवाकोट । कुवेतमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै कुवेतमा कोरोना संक्रमण पुष्टि भएका नेपालीहरुको संख्या ८४ पुगेको छ । दूतावासका अनुसार पछिल्लो तथ्यांकलाई हेर्दा कुवेतमा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या निकै वृद्धि भएको छ । ३ मे २०२० सम्ममा कुवेतमा ८४ जना नेपालीसहित ४ हजार ९ सय ८३ जनामा कोरोना पुष्टि भएको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ । कोरोना फैलिन नदिन र यसको प्रभावबाट मुक्त रहन अपनाउनुपर्ने सतर्कता अपनाउन तथा कोरोनाको शंका लागेमा तत्काल स्वास्थ्य परीक्षण गराउन पनि दूतावासले भनेको छ ।
कोरोना संक्रमणका कारण काममा जान नपाउँदा रोजगारदाताबाट पाउनुपर्ने तलब, सुविधा नपाएको तथा खानेकुराको समेत अभाव भएर कठिनाइ उत्पन्न भएमा दूतावासमा, कम्पनीमा वा रोजगारदाता व्यवस्थापन पक्षसँग सम्पर्क गर्न दूतावासले भनेको छ ।














रसुवा बाढी प्रभावितलाई प्रतिपरिवार ४५ हजार नगद सहायता प्रदान
एकल पहलमा त्रिशूलीमाथि झोलुंगे पुल
रेडक्रस र बिदुर नगरपालिका बिच बाढीपीडितको पुनस्र्थापनाका लागि साझेदारी सम्झौता
आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै
जुवा खेल्दै गरेका ७ जना साढे ५ लाखसहित पक्राउ





प्रतिक्रिया