नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुग्यो
नुवाकोट । बारा र पर्साका क्वारेन्टाइनमा रहेका थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पताल स्रोतका अनुसार जीतपुर सिमरा उपमहानगरपालिकाका २ जना र वीरगन्ज महानगरपालिका २ छपकैयाका एकजनामा कोभिड १९ पुष्टि भएको हो । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालाबाट अस्पताल प्रशासनलाई यसबारेमा जानकारी आइसकेको छ । २ जनालाई सिमराको क्वारेन्टाइन र एकजनालाई वीरगन्जको सिद्धार्थ माविको क्वारेन्टाइनबाट नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याउने तैयारी भइरहेको छ ।
गत आइतबार वीरगन्ज–३ का एक र वडा १६ इनर्वाका एक स्थानीयमा कोरोना पोजेटिभ पुष्टि भएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा जीतपुरका दुईजना र वीरगन्जका एक जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।
स्वाब संकलन गरि परीक्षणका लागि टेकुको प्रयोगशाला पठाइएको थियो । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार गत आइतबार वीरगन्जका स्थानीय २ जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएका ९४ जनाको स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको थियो ।
वीरगन्ज इनार्वाका ५५ वर्षीय संक्रिमत गत मार्चमा भारतको दिल्लीमा भएको तबलीगी जमातको धार्मिक भेलामा सहभागी भएका थिए । सम्बद्ध स्रोतका अनुसार उनीसँग जीतपुरका २ जना संक्रमित पनि उक्त सभामा सहभागी थिए । उनीहरुको समूह मार्च ६ मा दिल्ली गएर मार्च ११ मा वीरगन्ज फर्किएको थियो । वडा ३ का संक्रमित व्यक्ति वीरगन्ज महानगरपालिका सरसफाई शाखाका कर्मचारी हुन् । संक्रमण पुष्टि भएको एक दिन अगाडिसम्म उनी सरसफाई र राहत वितरण कार्यमा संलग्न रहेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया