नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुग्यो

विदुर खबर २०७७ वैशाख १७ गते १७:२२

नुवाकोट । बारा र पर्साका क्वारेन्टाइनमा रहेका थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

नारायणी अस्पताल स्रोतका अनुसार जीतपुर सिमरा उपमहानगरपालिकाका २ जना र वीरगन्ज महानगरपालिका २ छपकैयाका एकजनामा कोभिड १९ पुष्टि भएको हो ।  काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालाबाट अस्पताल प्रशासनलाई यसबारेमा जानकारी आइसकेको छ । २ जनालाई सिमराको क्वारेन्टाइन र एकजनालाई वीरगन्जको सिद्धार्थ माविको क्वारेन्टाइनबाट नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याउने तैयारी भइरहेको छ ।

 

Advertisement

गत आइतबार वीरगन्ज–३ का एक र वडा १६ इनर्वाका एक स्थानीयमा कोरोना पोजेटिभ पुष्टि भएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा जीतपुरका दुईजना र वीरगन्जका एक जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

स्वाब संकलन गरि परीक्षणका लागि टेकुको प्रयोगशाला पठाइएको थियो । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार गत आइतबार वीरगन्जका स्थानीय २ जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएका ९४ जनाको स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको थियो ।

Advertisement

 

वीरगन्ज इनार्वाका ५५ वर्षीय संक्रिमत गत मार्चमा भारतको दिल्लीमा भएको तबलीगी जमातको धार्मिक भेलामा सहभागी भएका थिए । सम्बद्ध स्रोतका अनुसार उनीसँग जीतपुरका २ जना संक्रमित पनि उक्त सभामा सहभागी थिए । उनीहरुको समूह मार्च ६ मा दिल्ली गएर मार्च ११ मा वीरगन्ज फर्किएको थियो । वडा ३ का संक्रमित व्यक्ति वीरगन्ज महानगरपालिका सरसफाई शाखाका कर्मचारी हुन् । संक्रमण पुष्टि भएको एक दिन अगाडिसम्म उनी सरसफाई र राहत वितरण कार्यमा संलग्न रहेका थिए ।

प्रतिक्रिया