लकडाउन कडाइ गर्न गृह मन्त्रालयको निर्देशन
विदुर खबर
२०७७ वैशाख १५ गते १६:५४
नुवाकोट । गृह मन्त्रालयले लकडाउन थप कडाइ गर्न निर्देशन दिएको छ ।
विभिन्न जिल्लामा लकडाउन फितलो भएको गुनासो बढेसँगै सबै जिल्लामा कडाई गर्न मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासबिना कुनै पनि सवारी साधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो । हुलमुलका साथ यात्रा गर्दा कोरोना संक्रमणले थप जटिलता निम्त्याउन सक्ने भन्दै लकडाउन कडाइ गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, बिचल्लीमा परेका मजदुर र सर्वसाधारणलाई उद्दारका लागि केही दिन सवारी साधनलाई साँझको समयमा अनौपचारिक रूपमा केही खुकुलो गराइए र आजसम्म अधिकांशको उद्दार भइसकेकोले सवारी साधन सञ्चालनमा कडाइ गरेको मन्त्रालयको भनाइ छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया