लकडाउन कडाइ गर्न गृह मन्त्रालयको निर्देशन
विदुर खबर
२०७७ वैशाख १५ गते १६:५४
नुवाकोट । गृह मन्त्रालयले लकडाउन थप कडाइ गर्न निर्देशन दिएको छ ।
विभिन्न जिल्लामा लकडाउन फितलो भएको गुनासो बढेसँगै सबै जिल्लामा कडाई गर्न मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासबिना कुनै पनि सवारी साधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो । हुलमुलका साथ यात्रा गर्दा कोरोना संक्रमणले थप जटिलता निम्त्याउन सक्ने भन्दै लकडाउन कडाइ गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, बिचल्लीमा परेका मजदुर र सर्वसाधारणलाई उद्दारका लागि केही दिन सवारी साधनलाई साँझको समयमा अनौपचारिक रूपमा केही खुकुलो गराइए र आजसम्म अधिकांशको उद्दार भइसकेकोले सवारी साधन सञ्चालनमा कडाइ गरेको मन्त्रालयको भनाइ छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया