प्रमुख अतिथिको विषयमा विवाद हुँदा नेकपाद्धारा कार्यक्रम वहिस्कार
कार्यक्रम पुरै कांग्रेसमय
विदुर÷ नुवाकोटलाई आज खुल्ला दिसामुत्त जिल्ला घोषणा गरिएको छ । जिल्लामा खल्ला दिसामुत्त घोषणा कार्यक्रम भइरहँदा भने कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वहिस्कार गरेको छ । जसले गर्दा आज विदुरमा भएको खुल्ला दिसामुत्त कार्यक्रममा देखिएको दृश्यले कार्यक्रम नेपाली कांग्रेसको निजि कार्यक्रमजस्तो देखिएको थियो ।
प्रमुख अतिथिको विषयलाई लिएर जिल्लामा रहेका नेपाली कांग्रेस र नेकपाको कुरा मिल्न नसकेपछि जिल्ला समन्वय समितिले एकर्लौटी निर्णय गरेको भन्दै नेकपा र उसबाट निर्वाचित भएका जनप्रतिनिधहरुले जिल्ला खुल्ला दिसामुत्त हुने महत्वपुर्ण कार्यक्रम नै वहिस्कार गरेका हुन । नेकपाका एक जिम्मेवार व्यत्तिले प्रमुख अतिथिको विषयमा समन्वय समितिका प्रमुख सन्तमान तामाङले एकलौटी ढंगले आफु सर्मथित पाटीृका व्यत्तिलाई प्रमुख अतिथि बनाउने निर्णय गरेको भन्दै त्यसको विरोधस्वरुप कार्यक्रम वहिस्कार गरेको विदुर खबरलाई बताए ।
“हामीले बाहालवाला मन्त्री ल्याउनु पर्छ भनेको थियौ । जिसस प्रमुखले अतिथि मेरो मन परेको मान्छे ल्याउँछु भनेर बालहट गर्नुभयो” स्रोतले भन्यो । हाम्रो कुरा सन्य अवस्था नै आएन । त्यसैले हामीले डिवाईसिसिको बैठक नै छोडेर खुल्ला दिसामुत्त कार्यक्रम नै वहिस्कार गरेका हौ । स्रोतले बताए अनुसार डिवाइसिसिको बैठकमा समेत गणपुरक संख्या नपुगेको एक सदस्यले नाम उल्लेख नगर्ने सर्तमा बताए । उनले भने “बैठकमा गणपुरक संख्या समेत पुगेको थिएन” । यस्तो एकलौटी निर्णय हामी जिम्मेवार पदमा र जिल्लामा शत्तिशाली भएको पार्टीलाई मान्य भएन त्यसैले हामीले वहिस्कार गर्यौ ।
यसैबिच जिल्लामा महत्वपुर्ण रुपमा हेरिएको खुल्ला दिसामुत्त कार्यक्रम भइरहँदा कार्यक्रम भने पुरै कांग्रेसमय भएको छ । मञ्चमा आएका र पाविर रहेका कांग्रेसवाहेक अन्यको सहभागिता भने औलामा गन्न सकिने अवस्था रहेको थियो । कार्यक्रमलाई नेकपाले वहिस्कार गरेपछि जिल्ला खुल्ला दिसामुत्त घोषणा कार्यक्रममा सहभागिको संख्या समेत अत्यन्तै कम देखिएको थियो । कांग्रेसले भने प्रमुख अतिथिको विषयलाई वङ्गाएर सत्तपक्षले राजिनित शुरु गरेको बताएको छ । कांग्रेस नु्वाकोटका जिल्ला सभापति समेत रहेका जगदीशनरसिंह केशीले प्रमुख अतिथिको विषय ठुलो नभएको भन्दै कार्यक्रम वहिस्कारको कुनै औचित्य नरहेको बताएका छन ।
प्रमुख अतिथि गगन रहेकोमा पछि परिवर्तन गरियो
यसैबिच जिल्लालाई खुल्ला दिसामुत्त घोषणा गर्ने कार्यक्रमको रुपमा पहिले पुर्व स्वास्थ्यमन्त्रि तथा नेपाली कांग्रेसका युवा नेता गगन थापालाई नुवाकोट ल्याउने भनेर निर्णय गरिएको थियो । तर नेकपाबाट स्थानिय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले विरोध गर्ने संभावना बढेसँगै अन्तिममा आएर गगन आउने कार्यक्रम रद्ध गरि प्रमुख अतिथिको रुपमा प्रतिनिधसभाका सांसद वहादुरसिंह लामा आएका थिए । नेकपाले भने प्रमुख अतिथिको रुपमा वहालवाला मन्त्रि नै कार्यक्रममा ल्याउनुपर्ने बताएपछि कार्यक्रममा विवाद हुने छाटकाँट पहिल्यै देखिएको थियो र भयो पनि त्यहि । कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताले वहिस्कार गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया