त्रिशुली अस्पतालमा आइसियु निर्माणको लागि सरकारसँग पहल गर्ने नेकपा नुवाकोटको निर्णय
नुवाकोट । नेकपा नुवाकोटले त्रिशुली अस्पतालमा आइसियु सञ्चालनका लागि आवश्यक उपकरण सरकारसंग माग गर्ने निर्णय गरेको छ ।
शुक्रवार पार्टी कार्यालय विदुरमा वसेको नेकपा नुवाकोटको बैठकले सो निर्णय गरेको नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले बताए । विश्वव्यापी महामारीको रुपमा देखापरेको कोराना भाइरसको संक्रमण जिल्लामा फैलिएमा अस्पतालमा आइसियु आवश्यक हुने भएकोले बैठकले सो निर्णय गरेको अध्यक्ष खतिवडाले बताए ।
अध्यक्ष खतिवडाका अनुसार आइसियु सञ्चालनका लागि आवश्यक पर्ने उपकरणहरु संघीय र प्रदेश सरकारसंग माग गरिएको छ । त्यस्तै कोरोना भाइसरको उपचार र परीक्षणका लागि चिकित्सकहरुलाई आवश्यक पर्ने पिपिई, थर्मलगन जस्ता अत्यावश्यक सामाग्रीको ब्यस्थापन छिट्टै गर्न पनि तीनै तहको सरकारसंग आग्रह गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले लकडाउनका कारण समस्यामा परेका असाहय, मजदुर, बिपन्न तथा गरिब ब्यक्ति र परिवारहरूको पहिचान गरि राहत उपलब्ध गराउनको लागि तीनै तहको सरकारलाई नेकपा नुवाकोटले आग्रह गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया