लोकप्रिय उपभोत्ता सहकारीको गरिव तथा विपन्न समुदायलाई राहत
ईनारपाटी । कोरोना भाइरसको संक्रमण,नियन्त्रण र रोकथामका लागि आहृवान गरिएको लकडाउनका कारण समस्यामा परेका ४० जना गरिव तथा विपन्न समुदायलाई विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको लोकप्रिय उपभोत्ता सहकारी संस्था लिमिटेडले राहत वितरण गरेको छ ।
विहिबार विहान सहकारीका पदाधिकारी सहितका टोलिले विदुर नगरपालिका वडा नम्बर ४,५ र ६ का ४० जनालाई राहत वितरण गरेको सहकारीका अध्यक्ष केशववहादुर कुमालले जानकारी दिए । दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा विपन्न समुदायका मानिसलाई राहत वितरण गरिएको अध्यक्ष कुमालले बताए ।
त्यस्तै लकडाउनको समयमा सहकारीका पदाधिकारीहरुले बैठक भत्ता कटाएर साच्चै अफ्ठ्यारोमा परेका र यसअघि कतैबाट पनि राहत नपाएका व्यक्तिहरुलाई राहत वितरण गरिएको सहकारीका सल्लाहकार तथा समाजसेवी लिलानाथ न्यौपानेले जानकारी दिए । उनले लकडाउनका कारण वास्तवमै मर्कामा परेका अन्य मजदुर र विपन्न समुदायलाई पनि सहकारीले सरोकारवाला निकायसँग समन्वय गरेर आगामी दिनमा सहयोग गर्न तयार रहेको उल्लेख गरे ।
राहत सामग्रीमा चामल, दाल, तेल, मसला, नुनलगायतका खाद्य सामग्री रहेका छन् । कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेका कारण मानिसले घर बाहिर निस्कन पाएका छैनन् । यस्तै सहकारीले दैनिक ज्याला मजदुरी गरेर काममा खटिने मजदुरहरु समस्यामा परेको जानकारी पाएपछि राहत वितरण गरेको सहकारीका प्रबन्धक राजकुमार पौडेलले विदुर खबरलाई बताए ।
यसअघि विदुर नगरपालिकाले सबै वडाहरुमा राहत वितरण गरेपनि आफुहरुलाई राहतबाट बन्चित गरिएको विदुर नगरपालिका वडा नम्बर ५ की निर्मला नेपालीले गुनासो पोखिन । वडाले बाँडेको राहतको लिष्टमा आफुजस्ता दैनिक काम गरेर गुजारा चलाउने परिवार नै नपर्नु दुखद भएको उनले बताइन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया