तादी गाउँपालिकाद्धारा जिल्लाबाहिरका मजदुरलाई खाद्यान्न वितरण


सांकेतिक तश्वीर
नुवाकोट । विभिन्न जिल्लाका मजदुरलाई तादी गाउँपालिकाले खाद्यान्न प्रदान गरेको छ। बाहिरी जिल्लाबाट आई गाउँपालिकाभित्रको विकास आयोजना सडक, खानेपानी, विद्युत तथा भवन निर्माणमा खटिएका ७८ मजदुरलाई राहत दिइएको गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले बताए।
उनीहरुलाई एक किलो चिनी, दुई लिटर खानेतेल, तीन किलो दाल र १५ किलो चामल प्रदान गरिएको छ। अध्यक्ष पाण्डेका अनुसार उनीहरु सप्तरी, दाङ, सल्यान, रुकुमलगायत जिल्लाका छन्। त्यसैगरी विपन्न वर्गको लगत संकलन गरिसकिएको र वडा कार्यालयमार्फत उनीहरुलाई छिट्टै राहत दिइने गाउँपालिकाले जनाएको छ। हालसम्म ७ सय जनाको नामावली आएको अध्यक्ष पाण्डेल जानकारी दिए।
गाउँपालिकामा वैदेशिक रोजगारीबाट आएका ९ जना होम क्वारेन्टाइनमा बसेका छन्। खरानीटार अस्पतालमा ६ बेडको आइसोलनेस वार्ड तथा खरानीटार र अमरज्योति क्याम्पसमा २२ बेडको क्वारेन्टाइन बनाइएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया